मलाई केपी ओली मनपर्छ: रेखा थापा

file photo
file photo

राष्ट्रिय प्रजातन्त्र पार्टीकी नेतृ तथा अभिनेत्री रेखा थापाले नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको भिजन प्रति सहमति जनाएकी छिन्।

न्युज कारखानासँग कुरा गर्दै अभिनेतृ थापाले ओलीको भिजन दूरगामी भएको बताएकी छन्। उमेर बढी भए पनि ओलीको सोच र दिमाग युवा पुस्ताको झै भएको बताएकी हुन्। उनले एमालेको १०औं महाधिवेशनमा ओलीले अवलम्बन गरेको नीति पनि आफूलाई मन परेको बताएकी छन्।

'म केपी ओलीको पार्टीको मान्छे होइन। उहाँसँग मेरो सिद्धान्त मिल्दैन। तर, उहाँको भिजन मनपर्छ। त्यसैले मलाई ओली मन पर्ने नेताभित्र पर्नुहुन्छ,' उनले भनिन्।

प्रकाशित मिति: : 2021-11-29 22:19:00

प्रतिकृया दिनुहोस्