सरकार निरंकुशतातिर जाने खतरा छ: शेखर कोइराला

नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले जनताले आफूलाई लोकतन्त्रवादी प्रमाणित गर्न नसकेको अवस्थामा सरकार निरंकुशतातिर जाने बताएका छन्।

बिहीबार मिडिया लयर्स एसोसिएसनले आयोजना गरेको ‘अभिव्यक्ति स्वतन्त्रताको कसीमा सामाजिक सञ्जाल विधेयक २०८१’ माथिको छलफलमा सहभागि हुँदै नेता कोइरालाले नेपालका अधिकांश कानुनहरु पुनः लेखन गर्नुपर्ने पनि बताए।

नेपालमा प्रत्येक छ–छ महिनामा सरकार परिवर्तन हुने भएका कारण सत्ता पक्ष र प्रतिपक्षको कुनै तुक नरहेको बताए।

उनले भने, ‘वास्तवमा हामीले छलफल गर्न लागेको एकदमै महत्वपूर्ण विधेयक हो भन्ने मलाई लागिरहेको छ। यस विधेयकले आफूलाई हामी लोकतन्त्रवादी हौँ भन्ने प्रमाणित गर्न सकिन्छ भनेर मार्ग प्रदर्शक गरेजस्तो छ। यदि जनताले आफूलाई लोकतन्त्रवादी हौँ भनेर प्रमाणित गर्न नसकेको अवस्थामा सरकार निरंकुशता तिरै जान्छ, त्यसमा शंका गर्नु पर्दैन। नेपालमा सत्तापक्ष र प्रतिपक्ष भनेर काम छैन जस्तो लाग्छ। किनभने प्रत्येक ६–६ महिनामा सरकार फेरिरहेको छ। विधेयकको कुरा गर्ने हो भने त पुनःलेखन नै गर्नुपर्छ जस्तो लाग्छ। कानुनको उपयोग गर्नेहरुसँग अध्ययन नगरी छिटो छिटो कानुन निर्माण गर्ने तर त्यसो कार्यान्वयन नगर्ने समस्या छ।’

कानुन निर्माणका क्रममा लामो समयको छलफल र अध्ययनबाट निर्माण गर्न सकिएको अवस्थामा कार्यान्वयनको पाटो बलियो हुनेमा उनको जोड थियो। 

प्रकाशित मिति: : 2024-11-14 17:59:00

प्रतिकृया दिनुहोस्