शुक्रबार नेपालकाे विद्युत बंगलादेश निर्यात हुने भएको छ। भारतको केन्द्रीय विद्युत् नियमन आयोग (सीईआरसी) ले अनुमति दिएसँगै नेपालको विद्युत बंगलादेश निर्यात हुने भएको हो।
यसँगै अब हप्तामा एक दिन शुक्रबार ४० मेगावाट विद्युत निर्यात हुने नेपाल विद्युत् प्राधिकरणका प्रवक्ता चन्दन घोषले बताए। नेपालबाट बंगलादेश विद्युत निर्यातका लागि गएको १७ असोजमा भारत, बंगलादेश र नेपालबीच सम्झौता भएको थियो।
भारतको बाटाे हुँदै बंगलादेशमा विद्युत निर्यात गर्नुपर्ने भएपछि भारतले अनुमति दिन ढिलाइ गरेको थियाे।