सुर्खेतको गंगामाला देउती बज्यै मृत्यु प्रकरणलाई जिल्ला प्रहरी कार्यालय सुर्खेतले सामान्य रुपमा लिएको छ।
बुधबार बिहान मन्दिरको मुख्य ढोकाकाे लकरमा सलले पासो लगाएको अवस्थमा साेही मन्दिरकी पुजारी ५० वर्षीया सरस्वती राजी मृत फेला परेको घटनालाई सुर्खेत प्रहरीले सामान्य रुपमा लिएको हो।
प्रहरीले बिहान करिब पौने ५ बजे घटनाकाेबारेमा थाहा पाएको थियो। त्यसपछि घटनास्थलमा पुगेको प्रहरीले घटना थाहा पाएको ७ घण्टासम्म (दिउँसाे १२ बजेसम्म) पनि सामान्य सोधपुछसमेत गरेको छैन।
मृत फेला परेकी सरस्वतीको शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल लगेको भए पनि प्रहरीले सामान्य रुपमा बुझ्ने काम गरेको छैन। ‘परिवार दु:खमा छ। अहिलेसम्म घटनाकोबारेमा कुनै सोधपुछ भएको छ’, जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी प्रमुख एसपी रुपेश खड्काले भने।
प्रहरीले घटना थाहा पाएको करिब ७ घण्टासम्म पनि सामान्य जानकारी नलिएको भन्दै गर्दा घटनाका विषयमा भने विभिन्न कोणबाट टिकाटिप्पणी भएको छ। कतिपयले घटनालाई शंकाका दृष्टिकोणले हेरेका छन्।
घटना मुख्य गेटको लकरमा सलले पासो लगाएको अवस्थामा देखिएको र मृत सरस्वती जमिनमा घुडा टेकेको अवस्थालाई यसरी पनि आत्महत्या हुन्छ र भन्न थालिएको छ।
घटना शंकास्पद देखिए पनि प्रहरी भने घटना ढाकछोप गर्ने गरी सामान्य सोधपुछसमेत नगरेको प्रतिकृया दिने गरेको छ।