वरिष्ठ उपाध्यक्षको रेसबाट 'ब्याक' हुने सुवास नेम्वाङको संकेत

नेकपा एमालेका नेता सुवास नेम्वाङले वरिष्ठ उपाध्यक्षको रेसबाट ब्याक हुने संकेत गरेका छन्। उनले पार्टी एकता कायम हुनुपर्छ भन्ने आफ्नो मान्यता रहेको बताएका छन्।

'पार्टी एकता कायम गर्नुपर्छ। त्यही मेरो मान्यता हो। पार्टीको हितका लागि अध्यक्षले सही निर्णय लिनुहुन्छ भन्ने मेरो विश्वास छ,' उनले भने।

सञ्चारकर्मीले वरिष्ठ उपाध्यक्षको दाबी छोड्नु भएको हो भन्ने जिज्ञासामा नेता नेम्वाङले उम्मेदवारी एउटा सन्दर्भमा भएको बताएका थिए।

उनले अध्यक्षले पार्टीको हित र एकता कायम हुने गरी प्रस्ताव ल्याउनेमा आफू विश्वस्त रहेको बताएका छन्। बिहानसम्म नेम्वाङ वरिष्ठ उपाध्यक्ष अडानमा रहेका थिए।

प्रकाशित मिति: : 2021-11-28 19:03:00

प्रतिकृया दिनुहोस्