निर्धन उत्थान लघुवित्तको लाभांश घोषणा

File Photo
File Photo

निर्धन उत्थान लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०७७र०७८ को नाफाबाट सेयरधनीलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ। संस्थाको बिहीबार बसेको सञ्चालक समिति बैठकले हाल कायम चुक्ता पुँजीमा २९ दशमलव ५ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ १ दशमलव ५५ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो।

उक्त प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंक र आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि मात्रै लगानीकर्ताले पाउनेछन्। 

कम्पनीले ५० करोड २५ लाख रुपैयाँ बराबरको रकम बोनस सेयर वितरणमा खर्च गर्नेछ। त्यसैगरी, दुई करोड ६३ लाख १७ हजार १०५ रुपैयाँ कर प्रयोजनमा खर्च गर्नेछ।  गत वर्ष कम्पनीले १३ दशमलव ६८ प्रतिशत लाभांश वितरण गरेको थियो।

प्रकाशित मिति: : 2021-11-26 11:58:00

प्रतिकृया दिनुहोस्