वन मुद्दाका फरार प्रतिवादी तीन वर्षपछि पक्राउ

File Photo
File Photo

वन मुद्दामा जिल्ला अदालत तनहुँबाट सजाय पाएका एक फरार प्रतिवादी पक्राउ परेका छन्। पक्राउ पर्नेमा साविक किहुँ गाविस हाल भिमाद नगरपालिका – १ बस्ने ६५ वर्षीय गञ्जसिं सोती थापामगर रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ।

थापामगरलाई आज पक्राउ गरी आवश्यक कारबाहीका लागि जिल्ला अदालतमा पेश गरिएको प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सिनाले जानकारी दिए।

जिल्ला अदालतले विसं २०७५ चैत १२ गते थापामगरविरुद्ध दुई महिना पाँच दिन कैद र दुई लाख ३३ हजार रुपैयाँ जरीवानाको फैसला सुनाएको थियो।

प्रकाशित मिति: : 2021-10-26 21:14:00

प्रतिकृया दिनुहोस्