भनिन्छ– सङ्घर्ष नै मानिसकाे जीवन हाे। र, सुख–दु:ख एउटै सिक्काकाे दुई पाङ्ग्रा हुन्। यी पङ्क्तिहरूले जीवनकाे लक्ष्य प्राप्त गर्न र जीवन जिउन उर्जा, उत्साह र साहस भरिदिन्छन्।
तर दुःखकाे सामना गर्न साहसले मात्र हुँदैन, सहनशील बनेर धैर्यधारण गर्दै आफ्नाहरूकाे साथ पाउँनैपर्ने बाध्यतासमेत छ। सबै–सबै समर्थक र प्रियजनहरूकाे नितान्त खाँचाे पनि यसैका लागि चाहिन्छ।
समाज, गाउँ र परिवारमा जम्ने, रम्ने र जीवन्त बाँचिरहने सामाजिक प्राणि हाे, मानिस। कहिलेकाहीँ समाजका यी नै नियमहरूले हामी मानिसलाई अत्याचारविरूद्ध आवाज उठाउन निषेध गरिदिन्छ। परिणाममा मौनताकाे शिकार भइ पटक-पटक शाेषित भइरहन्छाैँ। वश्, शिकार भैरहन्छौँ।
नारीहरू सदियाैं कालदेखि नै शाेषित हुँदैआएका छाैँ। याे कुनै नाैलाे विषय हैन। तर अब पनि अत्याचारसामु कतिदिन टिक्ने– याे जल्दाेबल्दाे प्रश्न हाे?
०००
म्यान्मार अर्थात् जनताका प्रतिनिधिले नेतृत्व गरिरहेकाे याे मूलुक– जहाँ नारीहरू सुरक्षित थिए। उनीहरूलाई अपरिचितले पछ्याउँदा, असभ्य व्यवहार गर्दैनथे। गाउँ न शहरका हरेक बर्मेली व्यक्तिहरूले अहिले पनि नारीहरूलाई सुरक्षा दिन्छन्। त्यसैले म्यान्मारमा छाेरीचेलीलाई असभ्य व्यबहार गरिँदैन्थ्याे। गर्नेलाई छाेड्दैनन् पनि।
तर आजकाल म्यान्मार फेरिएकाे छ। हिजाेजस्ताे बिल्कुलै छैन। तानाशाही सैनिक शासकले राजनीतिक 'कू'मार्फत् सत्ता–हत्याएपछि सरकारका प्रतिनिधिहरूकाे रबैयाले मानव समाजलाई नै स्तब्ध बनाएकाे छ।
म्यान्मारका सेनाहरूले पहिलाेपटक १३ वर्षीया र १४ वर्षीया बालिकालाई सामूहिक बलात्कारकाे खबरले आज पनि बर्मेली समाज स्तब्ध छ। साताभित्रै २६, ३० र ४५ वर्षका महिलाहरू सामूहिक बलात्कारमा परे। लाउँ-लाउँ, खाउँ-खाउँ भन्ने कलिलो उमेरमै दिनहुँ उनीहरूजस्तै बालिका, युवतीहरू जुन्ता सरकारबाट लुटिइरहेका छन्।
नारी उत्पीडनका अनेकौं घटनाहरूले अत्याचारकाे आवाज उठाउने मुखसमेत थुनिएकाे छ। पीडितहरू उल्टै सैन्य अपराध लुकाउन बाध्य छन्। यी गाउँ–ठाउँमा माेबाइल सम्पर्क कल्पना बाहिरकाे कुरा हाे। सरकारले नेट काटिदिएकाे छ। उ चहान्छ – यहाँकाे खबर कसैले नजानुन्। कुनै तरिकाले बाहिर नपुगाेस्। बस् अत्याचार भइरहाेस्।
सैनिक क्रूरताले बर्मेलीहरू आजित छाैँ। हाम्रै करकाे पैसाले किनिदिएकाे हतियार उनीहरूले हातमा बाेकेका छन्। र, हामीहरूलाई नै तर्साइरहँदा– त्रासमै बाँच्न बाध्य छाैँ, हामीहरू।
आखिर कति दिन बाध्य बन्ने हामी नागरिकहरू। अत्याचारकाे सिमापार भइसक्दा पनि टुलुटुलु सैन्य रबैया हेर्न मात्र विवश छाैँ। नवदुर्गाकाे अवतार लिई अपराधीविरूद्ध संहार गराैं।