बिएल संवाददाता
नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले महाधिवेशनसम्बन्धी कार्य तालिका व्यक्तिगत भएको बताएका छन्।
जारी केन्द्रीय समिति बैठकमा कार्यवाहक सभापति खड्काले महाधिवेशनसम्बन्धी पेस भएको दुई वटा कार्यतालिका व्यक्तिगत भएको धारणा राखेको केन्द्रीय सदस्य गुरु बरालले जानकारी दिए।
उनले भने, ‘दुई वटा कार्यतालिका पार्टीको भन्दापनि व्यक्तिगत रुपमा आएका कार्यतालिका हुन्। जिम्मेवारी र भूमिका केन्द्रीय सदस्यहरूले गरे। सह–महामन्त्रीले गरे। त्यो व्यक्तिगत कार्यतालिका हुन् भनेर पार्टीको कार्यवाहक सभापतिले भनिसक्नुभएको छ।’
त्यस्तै, उनले देश साच्चै अप्ठ्यारोमा भएको बेला सरकारले निर्वाचन घोषणा गरेको भन्दै त्यो निर्वाचनबाट कांग्रेस भाग्यो भने निर्वाचन हुन नसक्ने बताए । कांग्रेसले निर्वाचनमा भाग लिएर मूलुकलाई स्थिरतातिर लैजाने उनको भनाई छ।
‘अब उचित समाधान खोज्ने हो। देश साँच्चै अप्ठ्यारोमा भएको बेला सरकारले निर्वाचन घोषणा गरेको छ त्यो निर्वाचनबाट कांग्रेस भाग्यो भने निर्वाचन हुन सक्ला त? त्यसो भएर निर्वाचनमा भाग लिएर मूलुकलाई स्थिरतातिर लैजानु छ त्यही कुरामा कांग्रेस पुग्छ,’ उनले भने।
मंगलबारको केन्द्रीय कार्यसमिति बैठकमा संस्थापन र इतर पक्षले पार्टीको १५औं महाधिवेशनको फरक–फरक मिति प्रस्ताव गरेका थिए।
महामन्त्री गगन थापाले प्रस्तुत गरेको आगामी पुस १६ देखि १९ गतेसम्म महाधिवेशन गर्ने प्रस्तावको काउन्टरमा संस्थापन पक्षबाट सह–महामन्त्री महेन्द्र यादवले आगामी वैशाख २७ देखि २९ गतेसम्म महाधिवेशन गर्ने कार्यतालिका पेस गरेका थिए।
नेपालको भविष्य: राजसंस्था र लोकतन्त्र
नेपाल र इजिप्टका जेन–जी आन्दोलन: परिवर्तनको स्वर, पराजयको चित्र
विवादमा नेपाली सेना, यस्तो छ इतिहास
अन्तरिम सरकारमाथि बालेनको ‘छायाँ शासन’
जेन–जीको नाममा नयाँ आतंक: ‘म नै राज्य हुँ’ भन्ने शैलीमा धम्की र दबाब
ओली र पोखरेलको चेतावनी, बस्नेतको हुंकार र जेन–जी आन्दोलनपछि नेपालको राजनीति
‘जेन–जी’ आन्दोलनः स्वतन्त्रता कि विदेशी शक्तिको खेल?
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया