विनियोजन विधेयक स्वीकृत, बैठक असोज ४ गतेसम्म स्थगित

फाइल तस्वीर
फाइल तस्वीर

एमाले सांसदहरूको अवरोधका बीच प्रतिनिधिसभा बैठकबाट विनियोजन विधेयक स्वीकृत भएको छ।

अर्थमन्त्री जनार्दन शर्माले विधेयक पेस गरेलगत्तै सभामुख अग्निप्रसाद सापकोटाले छलफलका लागि समय दिएका थिए। सभामुखले दिएको समयमा नेमकिपाका सांंसद प्रेम सुवालले भाग लिएपछि अर्थमन्त्री शर्माले जवाफ दिएका थिए।

जवाफलगत्तै सभामुखले विधेयकलाई निर्णयार्थ प्रस्तुत गरे। बहुमत सांसदले विधेयकको पक्षमा स्वर दिएपछि सभामुखले विधेयक पारित भएको घोषणा गरे।

विधेयक पारित भएपछि शोक प्रस्ताव पारित गर्दै असोज ४ गते बिहान ११ बजेसम्मका लागि बैठक स्थगित भएको छ ।

प्रकाशित मिति: : 2021-09-14 13:27:00

प्रतिकृया दिनुहोस्