पार्टी फुटाएर गएकालाई स्वागत गर्न तयार छाैँ: उपेन्द्र यादव

जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले पार्टी फुटाएर गएकालाई स्वागत गर्न तयार रहेकाे बताएका छन्।

बुधबार पार्टी कार्यालयमा पत्रकार सम्मेलन गर्दै उनले संवादमार्फत फुटेर गएकालाई स्वागत गर्न तयार रहेकाे बताएका हुन्।

जसपा र एकीकृत समाजवादी मिलेर सरकार ढाल्ने हल्ला गलत: यादव 

जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले जसपा र नेकपा एकीकृत समाजवादी मिलेर सरकार ढाल्न लागेकाे भन्ने हल्ला गलत भएकाे बताएका छन्।

बुधबार पार्टी कार्यालय बालकुमारीमा पत्रकार सम्मेलन गरेर स्वास्थमन्त्रीसमेत रहेका यादवले सरकार ढाल्ने कुरा निराधार रहेकाे बताएका हुन्।

पार्टी फुटका विषयमा उनले संविधान बमाेजिम नरहेकाे बताउँद‌ै अदालत जाने चेतावनी दिए।

प्रकाशित मिति: : 2024-05-08 12:42:00

प्रतिकृया दिनुहोस्