संसदमा एमालेकाे नाराबाजी, ओलीको गृहजिल्लामा नाचगान 

प्रतिनिधिसभाको बैठकमा एमाले सांसदहरूले नाराबाजी गरिरहेका छन्। एमाले सांसदको नाराबाजीका बीच सभामुख अग्निप्रसाद सापकोटाले बैठकलाई कार्यसूचीमा प्रवेश गराएका छन्।

तर, यहीबेला झापामा एमाले अगुवा कार्यकर्ता भेला भइरहेको छ। अध्यक्ष केपी ओलीसमेत सहभागी सो भेलामा नाचगान पनि भइरहेको छ।

संघीय संसदमा एमाले सांसदहरूको नाराबाजी भइरहँदा झापामा आयोजित कार्यकर्ता भेलामा भने नाचगान भइरहेको हो। 

प्रकाशित मिति: : 2021-09-14 13:22:00

प्रतिकृया दिनुहोस्