एसईईको नतिजा सार्वजनिक, यसरी हेर्नुहाेस्

राष्ट्रिय परीक्षा बोर्डले २०७७ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा सार्वजनिक गरेको छ। विद्यालयले गरेको आन्तरिक मूल्याङ्कनलाई आधार मानेर बोर्डले प्रमाणित गरी  शनिकबार नतिजा प्रकाशित गरिएको हो। 

नतिजा बोर्डको वेबसाइटबाट, नेपाल टेलिकम, द कनसेप्ट प्लस प्रा.लि इडियु सञ्जाल, नेपाल टेलिकम, र एनसेलको वेबसाइटमार्फत हेर्न सकिन्छ। नेपाल टेलिकममार्फत १६०० र एनसेलबाट १६०० तथा ३५००१ मा एसएमएस गरेर नतिजा थाहा पाउन सकिन्छ। 

त्यस्तै, बोर्डले बोर्डको अफिसियल बेवसाइटबाट, नेपाल टेलिकमद कन्सेपट प्लसएडुसञ्जालनेपाल टेलिकम, र एनसेलको वेबसाइटबाट सार्वजनिक गरेको छ।

काेराेना महामारीका कारण सरकारले यस वर्ष पनि परीक्षा नगरेर आन्तरिक मूल्याङ्कनलाई आधारमा  नतिजता सार्वजनिक गरकाेे हाे। ४ लाख ८४ हजार २७८ विद्यार्थीहरूको नतिजा प्रमाणीकरण गरेको बोर्डका अध्यक्ष चन्द्रमणी पौडेलले जानकारी दिएका छन्।  

 

प्रकाशित मिति: : 2021-08-07 15:34:00

प्रतिकृया दिनुहोस्