माेदी सरकारले नै राहुल गान्धी र प्रशान्त किशोरकाे मोबाइल ह्याक गरी ‘जासुसी’ गरेकाे खुलासा

Photo : Photo - Tirupati Times
Photo : Photo - Tirupati Times

जरायली ‘स्पाइवेयर’ पेगाससको गाेप्य 'जासुसी'मा कांग्रेस नेता राहुल गान्धी र चर्चित चुनावी योजनाकार प्रशान्त किशोर  समेत परेका छन्।

‘ह्याकिङ सफ्टवेर’ पेगाससमार्फत् विपक्षी नेता, दुई मन्त्री, सुरक्षा एजेन्सीका पूर्व अधिकारीहरूको नाम उल्लेख गरेको द वायरले जनाएकाे छ।

सन् २०१९ को लोकसभा निर्वाचनअघि कांग्रेस नेता गान्धी र चुनावी योजनकार किशोरमाथि ‘जाजुसी’ गरिएको खुलासा भएको हो।

द वायरले सार्वजनिक गरेको रिपोटअनुसार तीन सय भारतीयको मोबाइल नम्बरमाथि ‘जाजुसी’ गरिएको छ। जसमा ४० जना भारतीय पत्रकार छन्। जो, प्रधानमन्त्री मोदीका खरो आलोचक मानिन्छन्।

पश्चिम बंगालकी मुख्यमन्त्री तथा टीएमसी प्रमुख ममता बनर्जीका भजिता अभिषेक बनर्जीलाई पनि ‘ह्याकिङ सफ्टवेर’ पेगाससको प्रयोग गरी ‘जाजुसी’ गरिएको छ।

प्रशान्त किशोर अब्बल चुवानी योजनाकार मानिन्छन्। उनले सन् २०१४ को लोकसभा निर्वाचमा प्रधानमन्त्री मोदी र भारतीय जनता पार्टीलाई जिताउन महत्वपूर्ण भूमिका खेलेका थिए।

पछिल्लोपटक पश्चिम बंगालमा ममता बनर्जी र तामिलनाडुमा एमके स्टालिनलाई सत्तामा पुर्‍याउन उनकै भूमिका रहेको चर्चा छ।

एक अज्ञात एजेन्सीले ‘स्पाइवेयर’ पेगाससको प्रयोग गरी भारतीय नेता र पत्रकारलाई निशाना बनाएको द वायरसहित कयौँ अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले खुलासा गरेका  छन्।

प्रधानमन्त्री मोदी नेतृत्वको सरकारमाथि नै ‘ह्याकिङ सफ्टवेर’ किनेको आरोप लगाइए पनि अहिलेसम्म यसको कुनै पुष्टि भएको छैन।



पत्रकारको ‘जासुसी’ गर्न भारतले पेगासस सफ्टवेर किनेको खुलासा

प्रकाशित मिति: : 2021-07-20 09:59:00

प्रतिकृया दिनुहोस्