निषेधाज्ञा उल्लंघन गर्ने ५१२ सवारी साधन कारवाहीमा

फाइल तस्वीर
फाइल तस्वीर

विभिन्न जिल्लामा लागू गरिएको निषेधाज्ञा कार्यान्वयनको सिलसिलामा पछिल्लो २४ घण्टामा निषेधाज्ञा उल्लंघन गर्ने ५ सय १२ वटा सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

तीमध्ये ४ सय १६ वटा गाडी र ९६ वटा मोटरसाइकल रहेका छन्। नियन्त्रणमा लिएका सवारी साधनहरुलाई आवश्यक सोधपुछ पश्चात छोडिने गरिएको छ।

साथै नयाँ भेरियन्ट सहितको कोभिड-१९ संक्रमणको रोकथाम तथा जोखिम न्यूनीकरणका लागि नेपाल प्रहरीद्वारा संचालित ‘तपाईंको मास्क खोई ?’ कार्यक्रम अन्तर्गत पछिल्लो २४ घण्टामा ३ सय १६ जनालाई निस्शुल्क मास्क वितरण गरिएको छ। कार्यक्रम अन्तर्गत हालसम्म जम्मा ४ लाख ६१ हजार ४ सय १५ जनालाई निस्शुल्क मास्क वितरण गरिएको छ।

कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि स्थानीय प्रशासनद्वारा जारी गरिएको निषेधाज्ञा उल्लंघन गर्ने १८ जनालाई कोभिड(१९ सङ्कट व्यवस्थापन अध्यादेश, २०७८ बमोजिम जम्मा १ हजार ८ सय रुपैयाँ जरिवाना गरिएको छ।

प्रकाशित मिति: : 2021-07-06 18:16:00

प्रतिकृया दिनुहोस्