'माल्दिभ्स पुर्‍याइदिन्छु भनेर दुई लाख लिएको एजेन्टले श्रीलंकामै छोडेर भाग्यो अनि हामी जेल पर्‍याैं'

शिलापत्र

रमेश भारती

सरकारले श्रीलंका जेलमा थुनिएका २५ जना महिलाको उद्धार गरी स्वदेश फर्काएको छ । वैदेशिक रोजगारीका लागि खाडीका देश हिँडेका ती महिलालाई अध्यागमन अवधि सकिएपछि श्रीलंका प्रहरीले पक्राउ गरेकाे थियो । 

श्रीलंकाको विभिन्न जेलमा १४ महिनादेखि थुनिएका उनीहरूलाई महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले गत बिहीबार नेपाल ल्याएको हाे । २६ जना स्वदेश फिर्ता गर्नुपर्नेमा एक जना कोरोना भाइरस संक्रमण पुष्टि भएकाले उपचार भएपछि स्वदेश फर्काइने मन्त्रालयले जनाएको छ ।

श्रीलंका जेलमा थुनिएका महिलाको स्वदेश फर्किने जहाज टिकट तथा व्यवस्थापन खर्च सरकारले व्यहोरेको मन्त्रालयले जनाएकाे छ । उद्धार गरिएका २५ जना महिला माइती नेपालको सेल्टरमा छन् । 

पैसामा कुरा नमिल्दा १४ महिना जेल   

आफूहरू नेपालबाट भारत हुँदै श्रीलंका पुगेको उद्धार गरिएका महिलाहरू बताउँछन् । श्रीलंका जेलबाट उद्धार गरिएका महिला रोजगारीका लागि खाडी मुलुक प्रवेश गर्न त्यहाँ पुगेको पाइएको छ । 

नेपालबाट एजेन्टले रोजगारीका लागि माल्दिभ्स लैजाने भनेर लगेको थियो । भारत पुगेपछि ओमानको राम्रो होटलमा काम लगाइदिने प्रलोभन देखाएर श्रीलंका पुर्‍याएको उद्धार गरिएकी सिन्धुपाल्चोककी २६ वर्षीय मनमाया मोक्तान (नाम परिवर्तन)ले बताइन् । 

श्रीलंकाली प्रहरी र हामीलाई त्यहाँ पुर्‍याउने एजेन्टबीच पैसाको कुरा नमिलेपछि आफूहरू प्रहरी फन्दामा परेको मोक्तान बताउँछिन् । 

एउटा समुहमा ५० जना महिला थिए । 'हामीलाई अन्तिममा एजेन्टले श्रीलंका पुर्‍याएको थियो । एजेन्ट र अध्यागमन प्रहरीबीच पैसामा कुरा नमिल्दा हामी १४ महिना थुनिनुपर्‍याे', उनले भनिन् ।

प्रकाशित मिति: : 2021-07-01 06:25:00

प्रतिकृया दिनुहोस्