नीर शाहकाे स्वीकाराेक्ति : ‘कृतिमाथि बनाएका फिल्मलाई न्याय गर्न सकिनँ’

शिलापत्र

दिप्सन लुइटेल

नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा लेखक कृष्ण धरावासीले फिल्ममेकरहरूमाथि गुनासो पोखे, 'हामीकहाँ उत्कृष्ट उपन्यासमाथि धेरै फिल्म बने। तर, प्रायःले उपन्यासको न्याय गर्न सकेनन्।'

धरावासीले मात्र यो गुनासो गरेका होइनन्, धेरै लेखक/साहित्यकारहरूले यो गुनासो गर्दै आइरहेका छन्। कुनै पनि कालखण्डका उत्कृष्ट कृतिलाई फिल्मको रूप दिँदा न्याय गर्न नसकेको आरोप कृतिका पाठक तथा फिल्मका दर्शकले नै पनि लगाइरहन्छन्।

कृतिमाथि बनेका 'परालको आगो', 'वासुदेव', 'नुमाफुङ', 'झोला'जस्ता फिल्महरूलाई दर्शकले स्वीकारे। तर, तीबाहेक कुनै पनि फिल्महरूले जस पाउन सकेका छैनन्, लेखकहरू सन्तुष्ट हुन सकेका छैनन्।

कृतिमाथि फिल्म बनाउन फिल्ममेकर 'हिम्मतवाला' नै चाहिन्छ। नत्र त्यो जोखिम जोकोहीले उठाउने आँट गर्दै छन्। नीर शाह यस्ता निर्देशक हुन्, जसले पटक-पटक उक्त जोखिम मोल्ने दुस्साहस गरे।

शाहले डा. ध्रुवचन्द्र गौतमको उपन्यास 'कट्टेल सरको चोटपटक'माथि 'वासुदेव' बनाए। डायमनशमशेर राणाको उपन्यास 'वसन्ती'लाई फिल्मको रूप दिए। गोपालप्रसाद रिमालको नाटक 'मसान'लाई पनि फिल्मको पर्दामा उतारे। पछिल्लो समय उनले डायमनशमशेरकै उपन्यास 'सेतो बाघ'लाई पनि फिल्मीकरण गरे।

प्रकाशित मिति: : 2021-06-30 09:45:00

प्रतिकृया दिनुहोस्