कुटपिट गरी हत्या गरेको अभियोगमा श्रीमती र छोरा पक्राउ 

Symbolic photo
Symbolic photo

बर्दियामा एक पुरुषको कुटपिट गरी हत्या गरेको अभियोगमा श्रीमती र छोरा पक्राउ परेका छन्।

मधुवन नगरपालिका-४ बादरभरिया बस्ने ३८ वर्षीय लक्षिराम थारुको कुटपिट गरी हत्या गरेको अभियोगमा उनकै श्रीमती  ३८ वर्षीय सिता थारु र छोरा १८ वर्षीय किशोरलाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको हो।

घरायसी विवादमा श्रीमती र छोराले कुटपिट गर्दा गम्भीर घाइते भएका लक्षिरामको जिल्ला अस्पताल गुलरीयामा उपचारको क्रममा मृत्यु भएको प्रहरीले बताएको छ।

ईलाका प्रहरी कार्यालय ढोढरीबाट खटिएको प्रहरीले कुटपिटमा संलग्न उनीहरुलाई पक्राउ गरी थप अनुसन्धान गरिरहेको छ।
 

प्रकाशित मिति: : 2021-06-29 15:47:00

प्रतिकृया दिनुहोस्