रुखको हाँगा काटेबापत पाँच हजार जरिवाना

File Photo
File Photo

ललितपुर महानगरपालिकाले भैँसीपाटीको एक मासु पसलले सडक छेउमा रोपेको रुखको हाँगा काटेबापत पाँच हजार जरिवाना तिराएको छ।

महानगर प्रहरी गस्ती हिँडिरहेको अवस्थामा रुखको हाँगा काटेर बाख्राहरुलाई खुवाएको देखेपछि जरिवाना तिराएको महानगर प्रहरी प्रमुख सिताराम हाछेथुले बताए।

'रुखको हाँगा काटेर जरिवाना तिराएको सायद नेपालमै पहिलो होला', उनले भने, 'ललितपुर महानगरले वातावरण संरक्षणमा काम गरिरहेकोमा यस्तो अभ्यासले भोलि अरु ठाउँमा पनि काट्न नदिन सचेत मात्र गराएका हौँ।'

महानगरले भर्खरै मात्र १५ सदस्य वातावरण नगर प्रहरी बल गठन गरेर महानगरको वातावरण संरक्षणमा काम गरिरहेको छ।

प्रकाशित मिति: : 2024-05-10 16:44:00

प्रतिकृया दिनुहोस्