ललितपुरमा बाढीले बगाएर सवइञ्जिनियरको मृत्यु

ललितपुरको ठुलादुर्लुङमा खोल्सामा आएको बाढीले बगाएर एक जनाको मृत्यु भएको छ। 

मृत्यु हुनेमा महाँकाल–४ कालेश्वर स्थायी ठेगाना भई ललितपुर महानगरपालिका–२९ हरिसिद्धी बस्ने २१ वर्षीय सवइञ्जिनियर सविन दाहाल रहेका छन्। 

बुधबार साँझ महांकाल गाउँपालिका–६ ठुलादुर्लुङस्थित भर्‍याङ खोल्सामा आएको बाढीले बगाएर उनको मृत्यु भएको हो।
 

प्रकाशित मिति: : 2025-06-26 09:29:00

प्रतिकृया दिनुहोस्