‘तपाईंको सभापतिले आजसम्म कसैलाई ठगेको छैन’

उपप्रधान तथा गृहमन्त्रीसमेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले अहिलेसम्म कसैलाई नठगेकाे दाबी गरेका छन्। मन्त्री लामिछानेले शुक्रबार साँझ सामाजिक सञ्जालमा लामाे स्टाटस् लेख्दै यस्ताे दाबी गरेका हुन्।

उनले नेपाली काँग्रेस र साे पार्टीका महामन्त्री गगनकुमार थापालाई आफूमाथि लागेकाे आराेप पुष्टि गर्न चेतावनीसमेत दिएका छन्। ‘काँग्रेस र गगन थापाजीहरुले आरोप लगाएजस्तो मैले खुद आफैँले फाराम भरेर उक्त सहकारीबाट ॠण मागेको/लिएको प्रमाणित गरिदिनुस्, म राजनीति छोडिदिन्छु’, गृहमन्त्री लामिछानेले लेखेका छन्।

उनले किर्ते कागज र काइते तर्क दिएर गोलमटोल जवाफ दिन नहुने बताएका छन्।

यस्ताे छ उनकाे स्टाटस् :

मधेसबाट राजनीतिक शक्ति आर्जन गरेका दलहरू धुजाधुजा भएर झनझन कमजोर हुँदै गए।कांग्रेस र गगन थापाजीहरुले आरोप लगाए जस्तो मैले खुद आफैले फारम भरेर उक्त सहकारी बाट ॠण मागेको/लिएको प्रमाणित गरिदिनुस्, म राजनीति छोडिदिन्छु। प्रमाणित नगरे तपाईं राजनीति छोड्न तयार हो? किर्ते कागज र काइते तर्क दिएर गोलमटोल जवाफ दिन पाइदैन। म संसदीय छानबिन सँग र तपाइँहरुको देश डुबाउने राजनीति सँग डराएको छैन, तर मलाई मात्र एक पटक बोल्न दिन तपाईहरु चाहिँ  किन डराएको ? डर र रबि लामिछाने एकै ठाउमा बस्दैनन् थापा जी। एक पटक बोल्न त दिनुस्, संसदीय छानबिन समिति मागको दोकान तत्काल बन्द हुन्छ। तपाईहरुलाई सहकारी पीडितको मुद्दासँग कुनै सरोकार छैन, तपाईहरुलाई केवल मलाई बदनाम गराउनु छ। हेक्क राख्नुस् , मपनि  यो सर्वभौम संसदको सर्वाधिक मत प्राप्त जननिर्वाचित प्रतिनिधि  हुँ। म माथि लागेका संघिन आरोपहरु बारे एक पटक बोल्न समेत नदिने अनि तपाईंको आदेश मैले मान्नु पर्ने?? दुई महिना निरन्तर गाली गर्ने, झुठा आरोप लगाउने, मिडिया खेलाउने अनि एक पटक बोल्न पाँउ न भन्दा संसदमा बाटो छेक्ने?? घेराउ गर्ने? अझ डारायो भन्ने?  यहि हो कांग्रेसको लोकलन्त्र?? 
प्रिय रास्वपा परिवारका साथीहरु, शिर ठाडो राख्नु होला। तपाईंको सभापतिले आज सम्म कसैलाई ठगेको छैन।

प्रकाशित मिति: : 2024-05-10 19:55:00

प्रतिकृया दिनुहोस्