संविधानविद भीमार्जुन आचार्यले प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा विश्वासको मत नलिएसम्म अर्को सरकार गठनको प्रक्रिया नै सुरु हुन नसक्ने बताएका छन्।
प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दामा आइतबार सर्वोच्च अदालतको संवैधानिक इजलासमा बहस गर्दै उनले प्रधानमन्त्री ओलीले संविधानको धारा ७६ को उपधारा (४) को प्रावधान अनुसार ३० दिनभित्र संसदमा विश्वासको मत लिनैपर्ने जिकिर गरे।
धारा ७६ (४) को प्रक्रिया हाउसमा पूरा नगरीकन अर्को सरकार गठनको प्रक्रियामा जान नपाइने व्यवस्था संविधानले गरेको उनको बताए।
संविधानविद् आचार्यले एउटा व्यक्ति एकै कार्यकालमा संविधानको सबै धारा प्रयोग गरेर प्रधानमन्त्री हुने व्यवस्था संविधानमा नभएको बताएका छन्।