युवा दलितको आक्रोश र गैरदलितकोे छटपटी

शिलापत्र

काठमाडौँ

 मिरा मिश्र

 

दलित र गैरदलितको विषयमा कुरा गर्दा दलितमा खासगरी युवादलितमा जातप्रथाप्रति तीव्र असन्तोष देखिन्छ । उच्च जातका व्यक्तिहरूमा जात बचाउन सकिएन भन्ने ठूलो चिन्ता छ । दलितलाई जातप्रथा अझै हटेन वा हटाउन सकिएन भन्ने ठूलो चिन्ताले सताएको छ । यो चिन्ता युवा दलितमा बढी देखिन्छ । यसरी नै बाहुनक्षत्रीमा, कसरी जातप्रथा बचाइराख्न सकिन्छ भन्ने ध्याउन्न देखिन्छ । खासगरी दलितसँगको सम्बन्धलाई लिएर उच्च जातमा मात्र होइन, यो चिन्ता जनजातिहरूमा पनि देखिन्छ ।

लोकतन्त्र र लैंगिक समतामूलक समाजमा विश्वास गर्ने जोकोहीका लागि पनि दलितमाथिको उत्पीडन अमान्य हुन्छ वा हुनुपर्छ । किनकि लोकतन्त्रमा विश्वास गर्नेले जन्मका आधारमा कुनै एक वर्गलाई वा जातविशेषलाई अशुद्ध भनी उनीहरूमाथि भेदभावपूर्ण र अमानवीय व्यवहार गर्न मिल्दैन वा पाइँदैन । लोकतन्त्र पनि छ भन्ने र जातीय व्यवस्था पनि कायमै रहनु वा राख्नलाई सहजीकरण गर्नु आफैँँमा विरोधाभास छ । तर, हाम्रो समाजमा यही भैराखेको छ । लोकतन्त्रले अझै पनि दलितलाई सम्पूर्ण रूपमा अझै पनि समान हैसियतको व्यक्तिको रूपमा आत्मसात् गर्न सकेको छैन । यो दलितको कमजोरी होइन, लोकतन्त्रको कमजोरी हो ।

प्रकाशित मिति: : 2021-06-25 11:25:00

प्रतिकृया दिनुहोस्