अवरुद्ध सडक खुलाउन कठिनाइ

File photo
File photo

अरनिको राजर्मागअन्तर्गत सिन्धुपाल्चोकको भोटेकोशी गाँउपालिकास्थित कोदारी र लिपीङमा गएको पहिरो पन्छाउन भूगोल र मौसमी समस्या देखिएको छ। 

अवरुध्द सडक सञ्चालन गर्न कोदारी बजारमाथि रहेको १०० घर रहेको बस्ती उच्च जोखीममा पर्ने देखिएकाले कठिनाई उत्पन्न भएको डिभीजन सडक कार्यालय दोलखाका जिल्ला  इन्जिनीयर बिजयकुमार महतोले बताए। 

गत ६ गते भोटेकोशी नदीले कटान गरेको कोदारीस्थित करीब ६० मिटर सडकलाई तीन दिन लगाएर ट्रयाक खेलीसकेकामा गए रातिको वर्षाले अझ बढी क्षेत्रफल तानेको हुँदा पहिरो फराकिलो हँदै गएको हो। 

सडक खुलाउन भित्ता काट्नुपर्ने र त्यसो गर्दा माथिको बस्ती उच्च जोखिममा पर्ने देखिएकाले विभागलाई जनकारी गराएको इन्जिनीयर महतोले बताए। 

असार २ गते लिपिङपुल नजिक करीब २५ मिटर सडक भास्सीएको हुँदा त्यो पनि खुलाउन समस्या देखिएकाले यथावत रहेको छ। त्यस क्षेत्रमा दैनिक पानी पर्नेक्रम रोकिएको छैन। 

वर्षात्ले नदीको बहाव बढेको हुँदा कटानको क्रम बढ्दै गएको छ। सडक खुलाउने प्रयास गर्दा गर्दै पनि भौगोलिक कठिनाइले समय लाग्ने बताइएको छ। 

दुई ठाँउमा सडक अवरुध्द भए पनि चीनबाट आयात भएका सामान दुई स्थानमा भरियाद्वारा बोकाएर कन्टेनरबाट राजधानी भित्रीईरहेको इन्जिनीयर महतोले जानकारी दिए। रासस 

प्रकाशित मिति: : 2021-06-24 19:27:00

प्रतिकृया दिनुहोस्