सर्वोच्च अदालतले २१ मन्त्रीहरुलाई जिम्मेवारमुक्त गरेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले आफूसँग बचेका मन्त्रीहरुको जिम्मेवारी हेरफेर गरेका छन्।
प्रधानमन्त्री ओलीले उपप्रधानमन्त्री विष्णु पौडेललाई अर्थ, उद्योग, वाणिज्य तथा आपूर्ति, ऊर्जा, जलस्रोत तथा सिञ्चाइ र गृह मन्त्रालयको जिम्मेवारी दिएका छन्।
कृष्णगोपाल श्रेष्ठलाई वन तथा वातावरण, युवा तथा खेलकुद, शिक्षा, श्रम रोजगार र स्वास्थ्य मन्त्रालयको जिम्मेवारी दिएका छन्।
त्यस्तै बसन्तकुमार नेम्वाङलाई कृषि तथा पशुपन्छी विकास, खानेपानी, भौतिक पूर्वाधार, सञ्चार तथा सूचना प्रविधि र सहरी विकास मन्त्रालय, रलीलानाथ श्रेष्ठलाई कानून, न्याय तथा संसदीय मामिला, भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक, संस्कृति पर्यटन तथा नागरिक उड्डयन र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको जिम्मेवारी दिएका छन्।
प्रधानमन्त्री ओलीले रक्षा र परराष्ट्र मन्त्रालय भने आफैसँग राखेका छन्।