वरिष्ठ अधिवक्ता रमन श्रेष्ठले राष्ट्रपति राष्ट्रपति विद्यादेवीले आफूलाई श्री ५ भन्दा माथि ‘श्री ७’ को स्थानमा राख्न खोजेको आरोप लगाएका छन्।
सर्वोच्च अदालतको संवैधानिक इजलासमा बिहीबार प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दामा बहस गर्दै उनले राष्ट्रपतिले गरेको काम न्यायिक निरुपणको विषय होइन भन्नु राजतन्त्रकालीन मानसिकता भएको टिप्पणी गरेका छन्।
राष्ट्रपतिले आफूलाई तत्कालीन श्री ५ भन्दा माथि सोचेको हो ? विगतमा राजालाई नभएको अधिकार अहिले छ भन्ने?, उनले प्रश्न गरे, राजाले गरेको कार्यमा प्रश्न उठाउन नपाइने ब्यवस्था अन्तरिम संविधानबाट हटाएको होइन? अहिले कहाँ छ रास्ट्रपतिले गरेको संविधान विपरीतको कार्यमा प्रश्न उठाउन नपाइने भन्ने?’