अधिवक्ता गोविन्द बन्दीले १४९ जनाको हस्ताक्षर राष्ट्रपतिलाई बुझाउँदा यसभन्दा ठूलो आधार के हुन सक्छ भन्दै प्रश्न गरेका छन्।
प्रतिनिधिसभा विघटनविरुद्ध परेको रिटमा संवैधानिक इजलासमा भएको बहसमा भाग लिँदै अधिवक्ता बन्दीले १३६ सांसदको समर्थन भए प्रधानमन्त्री बन्न बहुमत पुग्ने भए पनि १४९ जनाको हस्ताक्षर राष्ट्रपतिलाई बुझाउँदा यसभन्दा ठूलो आधार के हुन सक्छ भनेर प्रश्न गरे।
'१४९ जना सांसदको हस्ताक्षर लिएर शीर्षनेता राष्ट्रपतिकोमा पुगेको पनि ठूलो आधार हो। ७६ (३) अनुसार संसद्को विश्वास गुमाएको प्रधानमन्त्री ७६ (५) अनुसार कसरी प्रधानमन्त्री बन्न सक्छन् ?', उनले भने।
७५ (५) को सरकारले मात्र संसद् विघटनको सिफारिस गर्न सक्ने भन्दै उनले संसद् विघटन पनि असंवैधानिक भएको बताए।