विशेष रिपोर्टः जाेगिनुहाेस्, रोनाल्डोले त्यसै पन्छाएका होइनन् काेककाे बोतल

शिलापत्र

काठमाडौँ

  नवराज कुँवर र दिनेश गाैतम

पोर्चुगिच स्टार फुटबलर क्रिस्टियानो रोनाल्डोले कोकाकोलाको साटो पानी पिउन भनेपछि यो विषय अहिले चर्चामा छ ।

युरोकप २०२० को पत्रकार सम्मेलनमा रोनाल्डोले आफूअगाडि राखिएको कोकाकोलाका दुईवटा बोतल हटाएर पानी मात्र राखेका थिए । क्यामेराको फ्रेममा समेत नदेखिने गरी रोनाल्डोले कोकाकोलाकाे बोतल पन्छाएपछि अमेरिकी शेयरमार्केटमा कोकाकोलाले ४ बिलियन डलर गुमाउनुपरेको बिजनेस इन्साइडरले उल्लेख गरेकाे छ । 

एकातिर, प्रतिष्ठित प्रतियोगिता युरोकपको ‘प्रेस कन्फरेन्स’ संसारका करोडौँ मानिसले हेर्छन् । अर्कातिर, १ करोड ४८ लाख फलोअर्स भएका रोनाल्डोले पानी पिउनु ठीक भनेपछि कोकाकोलाको व्यापार घटेको धेरैको अनुमान छ । यद्यपि, यसको कुनै तथ्यपरक विवरण भने पूर्ण रूपमा उपलब्ध छैन । कोकाकोला कम्पनीले चाहिँ पेयपदार्थ मानिसले चाहनाअनुसार लिन सक्ने प्रतिक्रिया दिएको छ । ‘सबै मानिस आफ्नो रोजाइको पेयपदार्थका हकदार छन् । मानिसको स्वाद र आवश्यकता अलग-अलग हुन्छ’, कम्पनीका प्रवक्तालाई उद्धृत गर्दै एथलेटिकले लेखेकाे छ ।

३६ वर्षीय रोनाल्डो आफ्नो स्वास्थ्यलाई लिएर निकै सचेत मानिन्छन् । उनको ‘डाइट चार्ट’लाई संसारका थुप्रै सेलिब्रेटी, खेलाडीले फलो गर्छन् । सोसियल मिडिया विक्सकाे एक रिपाेर्टअनुसार सेलिब्रेटी वा खेलाडीले कुनै प्रोडक्टको प्रचार गरिदिँदा त्यसको व्यापार एकाएक बढ्छ । यस क्रममा मानिसहरू त्यो प्रोडक्टले स्वास्थ्यमा कति हानि पुर्‍याउँछ भन्ने कुराको हेक्का राख्दैनन् ।

प्रकाशित मिति: : 2021-06-21 19:07:00

प्रतिकृया दिनुहोस्