चीनसँग १७५३ मेट्रिक टन सुन सञ्चिती

चीनको सुन सञ्चिती गत मे महिनाको अन्त्यसम्ममा एक हजार ७५३ मेट्रिक टन रहेको केन्द्रीय बैंकले जनाएको छ। 

यो सञ्चिती विगत २० महिनादेखि फेरबदल नभएको बैंकको भनाइ छ। यस्तै, चीनको वैदेशिक मुद्रा सञ्चिती गत मे महिनाको अन्त्यसम्ममा ३२ खर्ब २१ अर्ब अमेरिकी डलर पुगेको चिनियाँ केन्द्रीय बैंकले जनाएको छ। रासस 

प्रकाशित मिति: : 2021-06-14 16:13:00

प्रतिकृया दिनुहोस्