तीव्र ओरालो–यात्रामा ओलीतन्त्र

शिलापत्र

काठमाडौँ

  श्याम श्रेष्ठ

 

साँझपख कौसीमा बसेर म रामकृष्ण ढकालले गाएको एउटा लोकप्रिय गीत गुनगुनाउँदै थिएँ:

'ओराली लागेको हरिणको ताल भो, 
बाँचुञ्चेलसम्म पनि मरेकै हाल भो, 
छल गर्‍यो मायाले, छल गर्‍यो मायाले... !'

मलाई एक्कासि हाम्रा सम्माननीय प्रधानमन्त्री केपी ओलीको सम्झना भयो । उनको पनि त अचेल ओरालो लागेको हरिणकै चाल भएको छ । उनको राजनीतिक ग्राफको हरिण अब ओरालो ओर्लन सुरु भएको छ । त्यो बुर्कुसी मार्दै कतिसम्म तल ओर्लने हो, कुनै ठेगान छैन । 

गएको दुई–तीन महिनाका अन्तरालमा उनले नेतृत्व गरेको यो महादेशकै चौथो विशाल वामपन्थी पार्टी उनकै कारणले फुटेर तीन टुक्रा भयो । झण्डै दुईतिहाइ बहुमत रहेको उनकै प्रधानमन्त्रीत्वमातहतको सरकार उनकै कारणले विघटन भएर केवल कामचलाउ सरकारमा परिणत भएको छ, त्यो पनि गैरकानुनी रूपमा । धेरै सम्भव छ, आउँदो दुई–तीन हप्ताभित्रै उनको रहेबचेको संविधानको ठाडो मिच्याइँबाट गठित कामचलाउ सरकारलाई पनि न्यायालयले अवैधताको ठप्पा लगाइदिनेवाला छ । त्यो उनीजस्तो चलाख मान्छेलाई थाहा नहुने कुरै भएन ।

केन्द्रमा उनले गरेको गतिविधिका कारणले गण्डकी प्रदेशमा मजाले शासन गरिरहेको प्रदेश सरकार गएको हप्ता मात्र ढल्यो । उनले केही हप्ताअघि मात्र जारी गरेको नागरिकताको अध्यादेशलाई न्यायालयले गैरकानुनी ठहर गरिनै सक्यो । एकजना मुलुककै निकै ठूला मान्छेको दुई–तीन महिनाको अन्तरालमा योभन्दा तल ओरालो लाग्ने कुरा अरु के हुन सक्छ र ? त्यसैले अनुमान गर्न सकिन्छ, पक्कै पनि उनको पनि अचेल बाँचिरहे पनि मरेकै हाल भएको होला ।

प्रकाशित मिति: : 2021-06-14 14:23:00

प्रतिकृया दिनुहोस्