एनआरएनए दुबईका अध्यक्ष ठकुरीको निलम्बन फुकुवा

करिब १० महिना अघि निलम्बनमा परेका गैह्र आवसिय नेपाली संघ (एनआरएनए) दुबईका अध्यक्ष भिममल्ल ठकुरीको निलम्बन फुकुवा भएको छ। 

बेलायत जाने प्रलोभनमा दलालबाट ठगिएका नेपालीहरुमाथि कुटपिट हुँदा मुकदर्शक बनेको भन्दै एनआरएनए युएईका अध्यक्ष प्रकाश कोइरालाले गत अगष्ट १३ तारिख दुबई क्षेत्रीय समितिका अध्यक्ष भिममल्ल ठकुरी सहित उपाध्यक्ष निराजन खत्रीलाई निलम्बन गरेका थिए। 

मानव ओसारपसारमा संलग्न श्याम थापा नाम गरेका दलालले बेलायत पठाउने भन्दै जनही ९ लाख रुपैयाँ असुलेर भिजिट भिजामा युएई ल्याएका नेपालीहरुमाथि बरदुबईमा कुटपिट भएको थियो। 

कुटपिटमा अध्यक्ष ठकुरी र उपाध्यक्ष खत्रीले पीडित पक्षलाई सहयोग नगरेको आरोप लागेको थियो। सोही कारण एनआरएनए युएईका अध्यक्ष प्रकाश कोइरालाले अनुसन्धानका लागि भन्दै दुबैलाई निलम्बन गरेका थिए ।

झन्डै वर्षदिन लामो अनुसन्धानपछि उक्त घटनामा ठकुरी र खत्रीको संलग्नता नदेखिएको एनआरएनए युएईले निष्कर्ष निकालेको छ। 

दलाल श्याम थापाबाट ठगिएका नेपालीहरुले उद्दारका लागि एनआरएनएमा निवेदन पेश गरेपछि अध्यक्ष कोइरालाकै निर्देशमा ठकुरी र खत्री घटनास्थलमा पुगेको पुष्टि भएको एनआरएनए युएईका कार्यवाहक अध्यक्ष निरन्जन शिलवालले बताए। 

निलम्बन फुकुवा भएपछि बिएल नेपाली सेवासंग कुरा गर्दै भिलमल्ल ठकुरीले भने, 'ढिलै भए पनी न्याय पाइयो। पीडितहरुलाई सहयोग गर्न जाँदा दलालको पक्षमा लागेको आरोप लाग्दा धेरै दु:ख लागेको थियो।' आगामी दिनहरुमा अझ सक्रिय भएर अप्ठ्यारोमा परेका नेपालीहरुको सहयोगमा लाग्ने ठकुरीको भनाइ छ। 

प्रकाशित मिति: : 2021-06-13 21:59:00

प्रतिकृया दिनुहोस्