लुम्बिनी प्रदेशकाे नीति–कार्यक्रम पारित, मुख्यमन्त्री शङ्कर पाेखरेलकाे सरकार जोखिममुक्त

लुम्बिनी प्रदेश सरकारकाे नीति तथा कार्यक्रम बहुमतले पारित भएकाे छ। नीति तथा कार्यक्रम पारित भएसँगै मख्यमन्त्री शंकर पाेखरेलकाे सरकार जोखिमबाट जाेगिएकाे छ। 

लुम्बिनी प्रदेशसभाको आइतबार बसेको बैठकले आगामी आर्थिक वर्षका लागि प्रदेश सरकारले ल्याएको नीति तथा कार्यक्रम बहुमतका आधारमा पारित गरेको हाे। सभामुख पूर्णबहादुर घर्तीले नीति तथा कार्यक्रम बहुमतले पारित भएको घोषणा गरेका थिए। प्रतिपक्षी दलले मतविभाजनको माग पनि गरेनन् ।

विपक्षी दलहरुले लुम्बिनी प्रदेश सरकार अल्पमतमा रहेको भन्दै आएका भए पनि नीति तथा कार्यक्रम बहुमतले पारित भएसँगै तत्कालका लागि त्यो विवाद अन्त्य भएको छ।

प्रकाशित मिति: : 2021-06-13 14:42:00

प्रतिकृया दिनुहोस्