आठ हजार ज्येष्ठ नागरिकलाई कोरोनाविरुद्धको खोप

BBC
BBC

कोरोनाविरुद्धको तेस्रो चरणको  भेरोसिलको पहिलो मात्राको खोप करीब आठ हजार ज्येष्ठ नागरिकलाई लगाइएको छ। 

दाङमा ६२ देखि ६४ वर्ष उमेर समूहका व्यक्तिलाई कोरोनाविरुद्धको भेरोसिल खोप लगाउने काम सकिएको छ। जिल्लाभर सात हजार ९८४ जनालाई खोप लगाइएको छ। 

जिल्लाका दश पालिकाका करीब साढे आठ हजार ज्येष्ठ नागरिकलाई खोप लगाउने लक्ष्य लिइएकामा सात हजार ९८४ खोप लगाइएको स्वास्थ्य कार्यालयका फोकल पर्सन कमल चन्दले जानकारी दिए। 

स्थानीय तहले तोकेको खोप केन्द्रमा नागरिकता वा अन्य परिचय खुल्ने सरकारी कागजात र वडा कार्यालयको सिफारिसका आधारमा खोप लगाइएको चन्दले जानकारी दिए। स्थानीय तहका स्वास्थ्य शाखाका अनुसार घोराही उपमहानगरपालिकामा दुई हजार ८०१ लाई खोप लगाइएको छ। 

तुलसीपुरमा दुई हजार २२९, लमही नगरपालिकामा ७१९, राजपुरमा १४१, गढवामा २२०, बङ्गलाचुलीमा २१०, बबईमा ३८०, दङ्गीशरणमा ३२० र शान्तिनगरमा ४०० जनालाई खोप लगाइएको छ । राप्ती गाउँपालिकामा ६६४ जनालाई खोप लगाइएको छ। रासस 

प्रकाशित मिति: : 2021-06-13 13:25:00

प्रतिकृया दिनुहोस्