बझाङको मतगणना १ बजेबाट सुरु हुने

बझाङको प्रदेशसभाको मतगणना १ बजेबाट सुरु हुने भएको छ। केही बेरअघि सम्पन्न सर्वदलीय बैठकले १ बजेदेखि मतगणना गर्ने निर्णय गरेको हो।

निर्वाचन आयोगका अनुसार शनिबार सम्पन्न बझाङ १(क) को प्रदेशसभाको निर्वाचनका मतपेटिका हेलिकप्टरबाट संकलन गर्नुपर्ने भएकाले समय लागेको हो।

बझाङमा शनिबार भएकाे मतदानमा ६१ हजार ७ सय ४८ मतदाता रहेको बझाङ १(क) मा करिब ५० प्रतिशत मत खसेको आयोगले जनाएको छ। यसअघि २०७९ मंसिर ४ गते सम्पन्न निर्वाचनमा बझाङको यस क्षेत्रमा ५२.९८ प्रतिशत मतदान भएको थियो।   

प्रकाशित मिति: : 2024-04-28 12:27:00

प्रतिकृया दिनुहोस्