काठमाडौँकाे शंखमुलमा आगलागी भएको छ। आइतबार मध्यान्ह शंखमुलस्थित एक ग्यारेजबाट आगलागी सुरू भएकाे हो।
ग्यारेज एक टहरामा थियो। ग्यारेजमा विद्युत शर्ट भएर लागेको आगोले साथमा रहेका तरकारी पसलका ३ वटा टहरा पूर्णरुपमा जलेकाे छ।
ग्यारेजसँगै जोडिएको एउटा घरमा आंशिक क्षति भएकाे छ। छेउका अन्य घर भने समयमै दमकल आउँदा बचेका छन्।
आगलागी भएसँगै काठमाडौँ र ललितपुरबाट आएका ४ वटा दमकलले आगो निभाउने प्रयास गरिरहेका छन्।
आंशिक रुपमा आगो नियन्त्रमा आइसकेकाे छ।
भिडियो–