शंखमुलमा लागेको आगो नियन्त्रणमा, ग्यारेजसहित तरकारी पसल नष्ट (तस्बिरहरू)

काठमाडौँकाे शंखमुलस्थित दोभानमा आइतबार मध्यान्ह आगलागी हुँदा ३ वटा टहरा पूर्णरुपमा नष्ट भएको छ। टहरामा ग्यारेज र तरकारी पसल थिए। 

आगलागी ग्यारेजमा बिजुली सर्ट हुँदा भएको थियो। आगलागीले छेउका अन्य दुई घरमासमेत क्षति पुर्याएको छ। अहिले आगो नियन्त्रणमा आइसकेकाे छ। 

ललितपुर र काठमाडौँबाट आएका दमकलले आगो नियन्त्रणमा लिएको थियो। आगो नियन्त्रणमा जनपथ प्रहरी, सशस्त्र प्रहरी र नगर प्रहरी खटिएका थिए। 

आगलागीले के–कति क्षति भएको विवरण संकलन गर्ने काम भइरहेको छ।  

तस्बिहरू :

प्रकाशित मिति: : 2024-04-28 14:45:00

प्रतिकृया दिनुहोस्