ओलीका छ 'योग्य मन्त्री'हरू को पृष्ठभूमि : पारिवारिक पालोदेखि ९९ भोटवालालाई राज्यमन्त्रीसम्म

शिलापत्र

काठमाडाैं

प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्लाई पूर्णता दिएका छन् । उनले तीन राज्यमन्त्रीसहित २५ सदस्यीय मन्त्रिपरिषद् विस्तार गरेका छन् ।

संसद् विघटन गरेर कामचलाउ सरकारको नेतृत्व गरेका ओलीले संविधानत: मन्त्रिपरिषद् विस्तार गर्न पाउँदैनन् । २१ जेठमा मन्त्रिपरिषद् विस्तार गरेपछि अदालतमा मुद्दासमेत परेको छ । सर्वोच्चमा परेको मुद्दालाई चुनौती दिँदै उनले १ साताको अवधिमा पुन: मन्त्रिपरिषद् विस्तार गरेका छन् ।

कानुनसम्मत भए/नभएको विषयमा अदालतमा सुनुवाइ हुन बाकीँ नै छ । ओलीले योग्य भनेर मन्त्रिपरिषद्‌मा अटेका केही अनुहारलाई भने रोचक दृष्टिले हेरिएको छ ।

कम्युनिस्ट नेताहरूले मन्त्री पदलाई परिवारभन्दा बाहिर जान दिनसमेत नसकेको देखिएको छ ।

श्रीमान्‌पछि श्रीमतीको पालो, अनि श्रीमतीपछि श्रीमान्‌को पालो

पछिल्लो समय प्रधानमन्त्री केपी शर्मा ओलीका विश्वासपात्रसमेत मानिएका निवर्तमान गृहमन्त्री रामबहादुर थापा बादल गैरसांसदहुँदै अदालतको निर्णयका कारण मन्त्रीसमेत छोड्नुपर्‍यो । ६ जेठमा नै अदालतले मन्त्री पदबाट बर्खास्त गरिदिए पनि बादलले मन्त्री क्वार्टर भने छाडेका थिएनन् । अब तत्काल छाड्नु परेन किनकि उनकी श्रीमतीले ओलीको मन्त्रिपरिद् सदस्यको रूपमा शपथ लिइसकेकी छन् ।

प्रकाशित मिति: : 2021-06-10 18:39:00

प्रतिकृया दिनुहोस्