घनश्याम भुसालको प्रश्न– पञ्चभित्रजस्तै एमाले विकृत बनाउन सुकुलगुण्डा समूह त खडा भएको छैन ?

File Photo
File Photo

एमाले पूर्व उपमहासचिव घनश्याम भुसालले आफूहरुविरुद्ध एमालेभित्रबाटै अनर्गल प्रचार सुरु भएको बताएका छन्। सामाजिक सञ्जालमा फेसबुकमा स्ट्याटस लेख्दै एमालेभित्र पञ्चभित्रजस्तै अनर्गल प्रचार गर्ने समूह तयार भएको बताएका हुन्।

भुसालले लेखेका छन्, 'फेरि हाम्रा विरुद्ध अनर्गल प्रचार शुरु भएको छ। हामीले एकताको कुरा गर्दा त्यसलाई आत्मसमर्पणको रुपमा व्याख्या गर्ने र विवादको कुरा गर्दा विभाजनको रुपमा व्याख्या गर्ने एउटा समूह नै तयार भएको छ।'

'पञ्चायत कालमा राजनीतिलाई विकृत बनाउने सत्ता संरक्षित समूह मण्डलेका रुपमा स्थापित भयो। पञ्चायत धराशायी हुनुमा त्यस समूहको कम्ति योगदान थिएन', उनले लेखेका छन्, 'त्यसबेलाका कतिपय पञ्चहरु नै त्यस समूहसँग आजित भएर संसदमै ‘सुकुलगुण्डा’ भनेर विरोध गरेको सम्झिन्छु। आज नेकपा एमालेको राजनीतिलाई विकृत बनाउन त्यस्तै समूह त खडा भएको छैन ? अनि परिणाम पनि त्यस्तै हुने त होइन ?'
उनले प्रधानमन्त्री ओलीप्रति कटाक्ष गरेका छन्, 'धेरैजसो सपेराहरु सर्पबाटै टोकिएका छन्।'

प्रकाशित मिति: : 2021-06-07 16:02:00

प्रतिकृया दिनुहोस्