आज सर्वाेच्च अदालतमा संवैधानिक इजलास बस्दै छ।
प्रतिनिधिसभा विघटन विरुद्धको मुद्दामा सुनुवाइ गर्न संवैधानिक इजलास बस्न लागेकाे हाे।
गत जेठ १८ प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले बार एसोसिएसनका प्रतिनिधिसँगको भेटमा संवैधानिक इजलास सम्बन्धी नियमावली संशोधन गरेर वरिष्ठताको आधारमा न्यायाधीश चयन गरेर संवैधानिक इजलास गठन गर्ने बताएका थिए।
तर शुक्रबार बसेको सर्वोच्चको फुल कोर्टको बैठकले भने नियमावली संशोधन गर्नु नपर्ने निष्कर्ष निकालेकाे थियाे।
आज प्रधानन्यायाधीशले वरिष्ठताका आधारमा नयाँ न्यायाधीश चयन गर्ने सम्भावना छ ।