नागरिकता अध्यादेशबिरुद्धको मुद्दा हेर्दाहेर्दैमा

फाइल तस्वीर
फाइल तस्वीर

नागरिकता सम्बन्धी अध्यादेशबिरुद्धको रिटको सुनुवाइ हेर्दाहेर्दैमा राखिएको छ।

शुक्रबार सबै रिट माथिको सुनुवाइ नसकिएपछि मुद्दा हेर्दाहेर्दैमा राखिएको हो। जेठ २७ मा फेरि सुनुवाई गर्नेगरी मुद्दा हेर्दाहेर्दैमा राखिएको हो।

अध्यादेशबिरुद्ध ६ वटा रिट परेका छन्। आज ४ रिटको सुनुवाइ भएको छ भने २ वटाको बाँकी रहेर हेर्दाहेर्दैमा गएका हुन्।

प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले शुक्रबार वरिष्ठताका आधारमा संवैधानिक इजलास गठन गरेका थिए। नागरिकता अध्यादेशविरुद्धका निवेदनको सुनुवाइका लागि वरिष्ठ न्यायाधीश सहभागी संवैधानिक इजलास गठन गरिएको थियो।

संवैधानिक इजलासमा प्रधानन्यायाधीश राणाका अध्यक्षतामा वरिष्ठतम न्यायाधीश दीपककुमार कार्की तथा न्यायाधीश मीरा खड्का, हरिकृष्ण कार्की र ईश्वरप्रसाद खतिवडा रहेका छन्। 

प्रकाशित मिति: : 2021-06-04 14:36:00

प्रतिकृया दिनुहोस्