नेपालले कोरोना खोप नपाउनुमा विश्व राजनीतिक स्वार्थ कति ?

शिलापत्र

काठमाडौँ

 याेगेश ढकाल

विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले नेपालको ६० लाख जनसंख्याका लागि खोप उपलब्ध गराउने वचन दिएको थियो । वचनअनुसार भइदिएको भए, पहिलो खेपमा कोभ्याक्समार्फत माघ/फागुन (फेब्रुअरी) मै १९ लाख ४८ हजार डोज खोप नेपाल आइसक्थ्यो । त्यतिबेला जम्माजम्मी ३ लाख ४८ हजार डोज मात्रै आइपुग्यो । दोस्रो खेपको खोप कहिले आउँछ, पत्तो छैन । दुई हप्ताअघि डब्लूएचओले प्रस्टसँगै भनिदियो– कोभिसिल्डको खोप उपलब्ध गराउन सकिँदैन । 

एक साताअघि बेलायतले कोभ्याक्सलाई उपलब्ध गराएको २० लाख डोज खोप पनि डब्लूएचओले नेपालको भागमा नपारी अन्यत्रै वितरण गर्‍यो । जतिबेला नेपाल कोरोना महामारीको चरम विन्दुमा थियो, त्यतिबेला स्वास्थ्य संगठनले कोभ्याक्समार्फत खोप दामासाही भागवण्डामा नेपाल परेन । 

नेपाललाई खोप उपलब्ध गराउन नसकेको डब्लूएचओकै नेपाल प्रमुख राजेश शम्भाजिराव पाण्डवले २० जेठमा भने–नेपालले तत्काल खोप प्राप्त गर्न नसके अहिलेको कठिन अवस्था निरन्तर रहनेछ । पाण्डवले त्यसका लागि विकसित देशलाई आग्रहसम्म गरेका छन् र डब्लूएचओका विश्व निर्देशक ट्रेडोस र दक्षिण एसिया निर्देशक पुनमले पनि कठिन घडिमा नेपाललाई सहयोग गर्न विकसित देशलाई अपिल गरेको जानकारी गराएका छन् । 

प्रकाशित मिति: : 2021-06-03 20:56:00

प्रतिकृया दिनुहोस्