मरिरहन्छन् नागरिक, मोटाइरहन्छन् माफिया

शिलापत्र

काठमाडौँ

रतन देवकोटा

 

लिली ७ कक्षामा पढ्थी। उसको परिवारको खम्बा लिलीकी आमा थिइन् । लिलीका बुबा कामको खोजीमा भारत गएका थिए ।

मध्य तथा सुदूरपश्चिम नेपालका अधिकांश मानिसको रोजीरोटीको गन्तव्य भारत हो । लाग्छ, भारतले सीमा बन्द गर्‍यो भने यहाँका अधिकांश परिवारको रोजीरोटी खोसिन्छ । के दिएको छ र यो देशले ? श्रम गरेर खान पनि अरुकै आँगनमा पुग्नुपर्छ । नागरिकहरू केवल भोट दिनका लागि काम लाग्ने हुन् । केवल यत्तिका लागि जन्मिएका हुन । 'एसियाका ५८ देशमध्ये नेपाल तेस्रो अति विपन्न देश ।' संयुक्त राष्ट्रसंघले त्यसै भनेको कहाँ हो र ?

पश्चिम नेपालको तराई । हुस्सुले डम्मै भरिएको एक बिहान । लिलीको परिवारमा वज्रपात आइलाग्यो । लिलीकी आमा सुत्केरी हुन सकिनन् । आफन्तले रातभरि एम्बुलेन्सलाई पटकपटक फोन गरे । हारगुहार गरे । एम्बुलेन्सले पीडा सुनेन । राति १२ बजे आउन मानेन । गाउँ त हो, कसलाई मतलब छ र ?

रातभरि आधा शिशु धर्तीमा आधा आमाको पेटमै रह्यो । आमाको चिच्याहट र क्रन्दन जगत्‌ले चुपचाप सुनिरहयो । उनी लडेको एक धर्को धर्ती रगतले रातै भयो । बिहानीपख उनी पहेँलिँदै गइन् । सास रहँदासम्म न हो आस, बिहान ४ बजे फेरि आफन्तले फोन गरे । एम्बुलेन्स आएन ।

अस्पताल निकै टाढा थियो । धनी र ठूलाबडाको आदेशमा हुइँकिने एम्बुलेन्सले लिलीकी आमालाई सुनेन । प्रायः लिलीको गाउँलाई सुन्दैन । यो गाउँका मानिसहरूको आर्थिक तथा राजनीतिक हैसियत पनि राम्रो छैन । तर, चुनावको बेला चप्पल लगाएर नेताहरू भोट माग्न त्यो गाउँमा आउँछन् । भोट बटुलेको दिनदेखि उनीहरूको यहाँ थुक पनि पर्दैन ।

प्रकाशित मिति: : 2021-06-01 10:02:00

प्रतिकृया दिनुहोस्