कोभिड महामारीमा गाउँगाउँमा धुलिखेल अस्पताल: बिरामी घर फर्किंदा सबै दुःख बिर्सन्छन् डाक्टर र नर्स (भिडियोसहित)

शिलापत्र

काठमाडौँ

दिनेश गौतम

 

एकोहोरो मेसिनबाट आउने टिङटिङ ध्वनि । मेसिनको स्क्रिनमा अक्सिजनको लेभल कसैको ९४, कसैको ८०, कसैको ६०.....मा पुग्छ ! प्रत्येक बेडमा डाक्टर र नर्स हाजिर छन् । हरप्रयास गर्छन्, अक्सिजनको लेभल ९० माथि पुर्‍याउन । 

‘आमा कस्तो छ तपाईंलाई ? 

धुलिखेल अस्पतालको आईसीयू वार्डको बेड नम्बर ७ मा रहेकी एक आमालाई डा. प्रकाश सापकोटा सुमसुम्याउँछन् । आमाको अक्सिजन लेभल तलमाथि भइरहन्छ । सास फेर्न साह्रै गाह्रो भएको छ, आमालाई । तर पनि भन्छिन्, ‘अहिले त ठीक छ ।’ डाक्टरको हातले उनको शरीरमा न्यानो स्पर्श हुन्छ । 

‘आमालाई अलि गाह्रो छ । एक्लै छोड्नु हुँदैन । भिजिटरलाई बोलाइदिनू’, डा. प्रकाश सिस्टरलाई सुझाउँछन् । 

प्रकाशित मिति: : 2021-05-30 18:35:00

प्रतिकृया दिनुहोस्