बजेटले पटक–पटक भन्यो– झापा अनि दमक, के हुँदै छ ओलीको गृहनगरमा ?

शिलापत्र

काठमाडाैं

संसद् विघटन गरेर अध्यादेशमार्फत ल्याइएको बजेट शनिबार अर्थमन्त्री विष्णु पौडेलले प्रधानमन्त्रीसहित अन्य मन्त्री र वर्तमान सरकार अन्य केही सरकारी अधिकारीलाई साक्षी राखेर सिंहदरबारमा वाचन गरे।

बजेट वाचनका क्रममा कतिपय जिल्लाको नामै आएन। अधिकांश स्थानीय तहको नाम आउने कुरा पनि भएन। तर, पटक-पटक नाम आइरह्यो– झापा दमकको। प्रधानमन्त्री केपी शर्मा ओली दमकमा पर्ने झापा ५ बाट प्रतिनिधिसभामा निर्वाचित भएका हुन्।

बजेट विनियोजन गर्दा अघिल्ला वर्षहरूमा पनि झापालाई प्राथमिकतामै राखिएको थियो। अहिले पनि बजेट भाषणका क्रममा सबैभन्दा बढी नामा झापा र दकमकै आयो।

के-के गरिँदै छ दमकमा ?

बजेटको ८८ नम्बर बुँदामा भनिएको छ : बजेटमा बालबालिकाको अन्तरनिहित प्रतिभा प्रस्फुटन गराई बहुआयामिक विकास गर्न दमकमा गुणस्तरीय शिक्षासहितको चिल्ड्रेन प्याराडाइज स्थापना गरिनेछ।

२७० नम्बर बुँदामा भनिएको छ : दमक शहरमा ढल प्रशोधन निर्माण सम्पन्न गरिनेछ।

३४७ नम्बर बुँदामा भनिएको छ : झापाको दमकमा बहुतले बसपार्कसहित सिटी पार्क निर्माण गरिनेछ।

१८० नम्बर बुँदामा भनिएको छ : झापाको दमकमा औद्योगिक क्षेत्र स्थापना गर्न सम्भाव्यता अध्ययन गरिनेछ। औद्योगिक क्षेत्रको पूर्वाधार निर्माण र व्यवस्थापनमा अन्तर्राष्ट्रिय लगानीकर्तालाई आकर्षित गरिनेछ।

प्रकाशित मिति: : 2021-05-30 16:24:00

प्रतिकृया दिनुहोस्