नेकपा एमाले स्थायी कमिटी साँझ ५ बजे बालुवाटारमा बस्ने भनिएको बैठक स्थगित भएको छ।
बैठक आकस्मिकरुपमा स्थगन भएको हो। यसअघि नेकपा एमालेले एमाले नेता माधवकुमार नेपाल पक्षका ११ जना सदस्यलाई पार्टीको साधारण सदस्यबाट नै निष्कासन गरेको थियो भने थप १२ जनालाई स्पष्टीकरण सोधेको थियो।
यसपछि पनि नेता नेपाल पक्षले विपक्षी गठबनधनसँग मिलेर एमाले पार्टी नेतृत्वको सरकारको कदम असंवैधानिक भएको भन्दै सर्वोच्च अदालतमा दायर गरिएको रिटमाथी बहस जारी छ।
यसैक्रममा आज प्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी शर्मा ओलीले नेता नेपाल पक्षको गतिविधिलाई लक्षित गर्दै आफ्नै पार्टीहित विपरीतको गतिविधि इतिहासमै अहिलेसम्म नभएको अनुशासनहिन कार्य भएको अभिव्यक्ति दिनुभएको थियो।
साँझ बस्ने भनिएको स्थायी कमिटी बैठकले पार्टीको आन्तरिक छलफल तथा समसामयिक विषयमा छलफल गरिने भनिएको थियो।
यसैक्रममा अकस्मात् बैठक स्थगित भएको एमाले केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए।