अर्थमन्त्री विष्णु पौडेलले बजेट भाषण प्रस्तुत गरिरहेका छन्।
अर्थमन्त्री पौडेलले आर्थिक वर्ष २०७८/०७९ को लागि प्रधानमन्त्री कार्यालय सिंहदरबारबाट बजेट प्रस्तुत गरेका हुन्। हातमा बजेटको ब्रिफकेश बोकेर उनी केही समयअघि मात्रै प्रधानमन्त्री कार्यालय पुगेका थिए।
प्रतिनिधिसभा विघटन भएपछि सरकारले अध्यादेशमार्फत् बजेट ल्याउन लागेको हो।