कमजोर भिजिबिलिटीले काठमाडौं विमानस्थलमा उडान प्रभावित, आधा दर्जन विमान डाइभर्ट

प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित भएको छ। 

मौसममा आएको खराबीले ‘भिजिबिलिटी’ कमजोर हुँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अन्तर्राष्ट्रिय उडानतर्फका कम्तीमा आधा दर्जन उडान/अवतरण प्रभावित भएको छ।

प्रतिकूल मौसमका कारण आधा दर्जन विमान डाइभर्ट भएका विमानस्थलका प्रवक्ता रिञ्जी शेर्पाले जानकारी दिएका छन्।

काठमाडौं एयरपोर्टमा भिजिबिलिटी राम्रो नभएपछि जजिरा एयरवेज र एयर इन्डियाका दुई विमान भारतको बनारस डाइभर्ट भएका छन्। त्यस्तै फ्लाइ दुवईको विमान भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको छ।

त्यस्तै केही विमानहरू भने केही समय होल्ड भएर अवतरण गरेका छन्। प्रवक्ता शेर्पाका अनुसार धुलो र तुँवालोका कारण आज बिहानको भिजिबिलिटी एक हजार ६०० मिटर मात्र पुगेपछि उडान/अवतरण प्रभावित भएको हो।

अहिले भने भिजिबिलिटी करिब ३ हजार मिटर पुगेको छ।

प्रकाशित मिति: : 2025-03-31 12:19:00

प्रतिकृया दिनुहोस्