एमएम (मनमोहन) कप फाउण्डेसनले आज आफ्नो वार्षिक क्यालेन्डर सार्वजनिक गरेको छ।
क्यालेण्डर सार्वजनिक कार्यक्रममा राष्ट्रिय खेलाडी, प्रशिक्षक, पत्रकार, सामाजिक अभियान्ताहरूलाई सम्मान गर्नुका साथै किड्नी फेल भएका पुष्प श्रेष्ठलाई २५ हजार रुपैयाँसमेत प्रदान गरेको छ।
कोशी प्रदेशका पूर्वमुख्यमन्त्री भीम आचार्यको प्रमुख आतिथ्यतामा आयोजना भएको कार्यक्रममा नेत्रहीन क्रिकेटरहरूलाई सामाग्री पनि वितरण गरिएको थियो।
कार्यक्रममा पूर्वमाननीय राजीव कोइराला, माननीय निरा खनाल, माननीय रामप्रसाद मेहता, इनरुवा नगर प्रमुख केदार भण्डारी, उपप्रमुख विनिता कुमारी मेहता तथा वडा अध्यक्ष रमेशकुमार श्रेष्ठलगायत खेल क्षेत्रका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीहरूको उपस्थिति थियो।
कार्यक्रमका पत्रकार अर्जुन सुवेदीलाई सम्मान गरिएको थियो। आयोजक समितिका संयोजक विप्लव घोषले निकट भविष्यमा यस्तै रचनात्मक कार्य गरिरहने बताए।