ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनले बिएल नेपाली सेवाका फोटो पत्रकार सनीराज शाक्यलाई सम्मान गरेका छन्।
आठौं विश्व नेवाः दिवसको अवसरमा नेवाः गुठी न्यूयोर्कले सम्पदा संरक्षण महाअभियानसँग मिलेर पाटन दरबार क्षेत्रस्थित पाटन संग्रहालयमा आयोजना गरेको एक कार्यक्रममा महर्जनले शाक्यलाई सम्मान गरेका हुन्।
पत्रकारितामार्फत संस्कृति, सम्पदा संरक्षणमा महत्त्वपूर्ण योगदान पुर्याएको भन्दै बिएलकर्मी शाक्य सम्मानित भएका हुन्।
क्रियाशील सञ्चारकर्मी, कानुनी व्यवसायी र सांस्कृतिक अभियन्ताहरूलाई सम्मान गर्दै मेयर महर्जनले सम्पदा पुनःनिर्माण र अमूर्त संस्कृतिको निरन्तरतालाई महानगरपालिकाले प्राथमिकतामा राख्दै आएको बताएका थिए।