सुदूरपश्चिमका तीन मन्त्रीसँग एमालेले माग्यो २४ घण्टे स्पष्टीकरण

नेकपा एमालेको सुदूरपश्चिम प्रदेश कमिटीले प्रदेश सरकारबाट फिर्ता नहुने  तीन  मन्त्रीलाई २४ घण्टे स्पष्टीकरण सोधेको छ।

(आज) बिहीबार प्रदेश कमिटीका अध्यक्ष कर्णबहादुर थापा र सचिव राजेन्द्र सिंह रावलले एक पत्र जारी गर्दै सरकारबाट फिर्ता हुने पार्टीकाे निर्देशन अवज्ञा गरेकाे भन्दै एमाले नेताहरु प्रकाशबहादुर शाह, कृष्णराज सुवेदी र माया भट्टलाई २४ घण्टे स्पष्टीकरण सोधेका हुन्।

यसअघि एमाले स्थायी कमिटी बैठकले सुदूरपश्चिममा सरकारमा सहभागी आन्तरिक मामिला तथा कानूनमन्त्री प्रकाशबहादुर शाह, उद्योग पर्यटन वन तथा वातारण मन्त्री माया भट्ट र सामाजिक विकास मन्त्री कृष्णराज सुवेदीलाई मन्त्रीबाट फिर्ता आउन निर्देशन दिएको थियो।

पत्रमा पार्टीकाे एकता विखण्डित पार्ने, पार्टि फुटाउने, पार्टीभित्रकाे सहकार्य र सद्भावलाई क्षत-विक्षत पार्ने गरी अवैधानिक गुटका भेलाहरुमा सहभागी भएकाे भन्दै २४ घण्टाभित्र लिखित जवाफ दिन भनिएकाे छ।

प्रकाशित मिति: : 2021-05-27 15:39:00

प्रतिकृया दिनुहोस्